चार्जिङ्ग स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा सरकारले पुनर्कर्जा उपलब्ध गराउने

  • Technology Khabar | २९ श्रावण २०७८, शुक्रबार
चार्जिङ्ग स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा सरकारले पुनर्कर्जा उपलब्ध गराउने

काठमाडौं ।

सरकारले विद्युतीय सवारी साधनको चार्जिङ्ग स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनर्कर्जा उपलब्ध गराउने भएको छ।

आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले विद्युतीय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ्ग स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनर्कर्जा उपलब्ध गराउने बताएका हुन्।

यसअघि उर्जा मन्त्रालयले पनि केही दिन अघि विद्युतीय सवारीलाई सहुलियत प्रदान गर्ने घोषणा गरेको थियो।

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...