ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं ।

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको हो।

यो सुविधा कार्यान्वयनमा आए सँगै अब ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ।

कोरोना महामारीको कारण धेरै उद्योगहरुले भुक्तानी संकलन गर्न समस्या झेलिरहेको बेला घरमै बसी इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने सुविधा ग्राहकहरुलाई दिन पाउँदा खल्ती डिजिटल वालेट उत्साहित रहेको मर्चांन्ट एक्युजिसनका वरिष्ठ अधिकारी, सजनी महर्जनले बताईन्।

  • ओरिएण्टल लाईफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट तिर्न:
  • खल्ती एप लगइन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
  • “ओरिएण्टल लाईफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
  • अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने
  • अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने

रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार