सेवा प्रवाहका क्षेत्र मात्र बिस्तार नगरी गुणस्तर पनि सुधार गर्नुपर्छः सञ्चार सचिव अर्याल

  • Technology Khabar | २८ श्रावण २०७८, बिहीबार
सेवा प्रवाहका क्षेत्र मात्र बिस्तार नगरी गुणस्तर पनि सुधार गर्नुपर्छः सञ्चार सचिव अर्याल

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारीमा आएका डा. बैकुण्ठ अर्यालले आफूले सबैसँग सहकार्य र समन्वयमा काम गर्ने बताएका छन्।

आज मन्त्रालयमा पद वहाली गर्ने क्रममा उनले सो कुरा बताएका हुन्। उनले मन्त्रालय मतहतका निकायहरुबाट हुने सेवा प्रवाहको क्षेत्र मात्र विस्तार नगरी त्यसको गुणस्तरलाई पनि बढाउनु पर्ने बताएका हुन्।

कतिपय अबस्थामा सेवाका क्षेत्र मात्र विस्तार गरिँदा गुणस्तर कमजोर हुन सक्ने औंल्याउँदै त्यसतर्फ ध्यान दिनु पर्ने बताए। उनलाई मन्त्रालयका अन्य पदाधिकारीले स्वागत गरेका थिए।

सो अबसरमा मन्त्रालय मातहतका निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । गोरखापत्रअनलाइन

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार