
काठमाडौं ।
काउन्टरप्वाइन्ट रिसर्चको प्रतिवेदन अनुसार जुन महिनामा चिनियाँ स्मार्टफोन कम्पनी विश्वव्यापी स्मार्टफोन बिक्रीमा पहिलो नम्बरमा रहेको थियो।
यसअघिका बजारमा दबदबा कायम गरिरहेका एप्पल तथा सामसङजस्ता ठूला कम्पनीलाई पछि पार्दै शाओमी पहिलो नम्बरमा पुगको प्रतिवेदनमा उल्लेख छ।
उक्त प्रतिवेदन अनुसार जुन महिनामा शाओमीले स्मार्टफोनको विश्व बजारको १७.१ हिस्सा ओगट्न सफल भएको थियो। उसले पछाडि छोडेका मुख्य प्रतिद्वन्द्वीहरु सामसङ र एप्पलले क्रमश १५.७ र १४.३ प्रतिशत बजार हिस्सा ओगटेका थिए।
आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको १० वर्ष हाराहारी पुग्नै लाग्दा शाओमीले हालसम्म समग्रमा ८० करोड थान स्मार्टफोनहरु बिक्री गरिसकेको तथ्याङ्क छ।
काउन्टरप्वाइन्ट रिसर्चका तरुण पाठकले शाओमीले यूरोप, चीन तथा भारतमा आफ्ना उत्पादन विस्तार गरेर यी क्षेत्रमा रहेका स्मार्टफोनका आवश्यकतालाई सामान्यीकरण गर्नमा सहयोग पुर्याएको बताए।
रेडमी ९, नोट ९ सिरिज तथा रेडमी के सिरिजको अत्यधिक सफलताका कारण शाओमी चीनकै सबैभन्दा छिटो प्रगति गर्ने स्मार्टफोन उत्पादक कम्पनी पनि बनेको थियो।
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार