ग्याजेट्स

मिडियाटेकद्वारा ट्याब्लेट र ल्यापटपका लागि कोम्पानियो १३००टी चिपसेट सार्वजनिक

मिडियाटेकद्वारा ट्याब्लेट र ल्यापटपका लागि कोम्पानियो १३००टी चिपसेट सार्वजनिक
Global IME Bank

मिडियाटेकले कोम्पानियो १३००टी नामको नयाँ चिपसेट सार्वजनिक गरेको छ। यो चिपसेट विशेष गरी ट्याब्लेट तथा एआरएमयुक्त ल्यापटपहरुका लागि ल्याइएको कम्पनीले जनाएको छ।

यो चिपसेटको हार्डवयर डाइमेन्सिटी १२००को जस्तै रहेको र यो गत वर्ष ल्याइएको कोम्पानियो १२००टी को अर्थात् एमटी८१९५ को अपग्रेडेड भर्सन रहेको बुझिएको छ।

कोम्पानियो १३०० टीएसएमसीको ६ एनएम नोडमा बनाइएको र जम्मा ८ ओटा कोर्टेक्स–ए७८ तथा ए५५ कोरहरुको समन्वयबाट बनेको अक्टाकोर प्रोसेसर हो।

अघिल्लो भर्सनभन्दा यसको जीपीयूमा परिवर्तन गरेर ९ कोरको माली जी७७ राखिएको छ।

यो चिपमा फाइभजी मोडेम पनि राखिएको छ भने यसले सब-६ गिगाहर्ज ब्यान्डमा काम गर्छ साथै डुअल सिमसमेत सपोर्ट गर्छ। यसबाहेक यसले उच्च गतिको इन्टरनेट कनेक्टिभिटी पनि प्रदान गर्छ।

यसले १४४० पिक्सेल डिस्प्ले, १२० हर्ज तथा एचडीआर+ तथा १०८ मेगापिक्सेलसम्मको क्यामरा सपोर्ट गर्छ।

फाइभजी बाहेक यो चिपले गेम खेल्दा लेटेन्सी घटाउँछ भने वाइफाइ ६ तथा ब्लूटूथ ५.२ कनेक्टिभिटी पनि सपोर्ट गर्ने जनाइएको छ।

Sajilo Visa
easy care