सुरक्षा खतरालाई मध्यनजर गर्दै विच्याटद्वारा नयाँ यूजरको रजिस्ट्रेशन ‘अस्थायी’ रुपमा बन्द

  • Technology Khabar | १२ श्रावण २०७८, मंगलवार
सुरक्षा खतरालाई मध्यनजर गर्दै विच्याटद्वारा नयाँ यूजरको रजिस्ट्रेशन ‘अस्थायी’ रुपमा बन्द

काठमाडौं ।

चिनियाँ सामाजिक सञ्जाल विच्याटले नयाँ यूजरहरुको रजिस्ट्रेशन अस्थायी रुपमा बन्द गरेको छ।

विच्याटको माउ कम्पनी टेन्सेन्टले सम्बन्धित नियम र कानूनसम्मत हुने गरी प्राविधिक रुपमा अपग्रेड गर्न लागेकाले तत्कालका लागि नयाँ यूजर रजिट्रेशन रोकिएको बताएको छ।

कम्पनीले हालै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई पठाएको एउटा विज्ञप्तिमा लेखिएको छ, ‘हामी अहिले हाम्रो सुरक्षा प्रविधि सम्बन्धित नियम कानूनसम्मत हुनेगरी अपग्रेड गरिरहेका छाैं।’

यो अपग्रेड अवधिभर नयाँ वेशिन (विच्याटको चिनियाँ नाम) यूजरहरुको व्यक्तिगत तथा संस्थागत एकाउन्ट अस्थायी रुपमा बन्द गरिएको बताउँदै कम्पनीले रजिस्ट्रेशन सेवा अपग्रेड सकिएपछि फेरि शुरु हुने र यसका लागि अगस्टको शुरुवातसम्म कुर्नुपर्ने जानकारी पनि थपेको छ।

चीन गोपनीयता तथा डाटा सुरक्षामा कडाइ गर्नेतिर लागिरहेको छ। चीनमा हाल व्यक्तिगत सूचना संरक्षण कानून बनिरहेको छ। यस अन्तर्गत सबै प्रविधि प्लेटफर्महरुमाथि यूजर डाटाको स्टोरेज सुरक्षित तवरले होस् भनेर कडा नियम लाद्ने तयारी भइरहेको छ।

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार