अनर ट्याब भी७ प्रो मा डाइनमेन्सिटी १३००टी रहने तथ्य गलत: मिडियाटेक

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार
अनर ट्याब भी७ प्रो मा डाइनमेन्सिटी १३००टी रहने तथ्य गलत: मिडियाटेक

काठमाडौं ।

गत हप्ता अनरले आफ्नो अनर ट्याब भी७ प्रो नामको नयाँ ट्याब्लेट सार्वजनिक गर्ने खबर बाहिर आएको थियो।

त्यसै समयमा चिनियाँ टिप्सटरले शेयर गरेको एउटा लीक भएको प्रेस विज्ञप्तिको  फोटोमा यसमा मिडियाटेकको डाइमेन्सिटी १३००टी चिपसेट रहने बताइएको थियो।

उक्त प्रेस विज्ञप्तिको शीर्षक ‘डाइमेन्सिटी १३००टीयुक्त अनर ट्याब्लेटले फ्ल्यागशिपको अनुभव दिने’ लेखिएको थियो। माइड्राइभर्सका अनुसार ताइवानी चिप निर्माता मिडियाटेकले उक्त फोटो गलत भएको पुष्टि गरेको हो।

अनर भी७ प्रो ट्याब्लेट आगामी अगस्ट १२ मा सार्वजनिक हुने आकलन गरिएको छ तर अब भने यसका कुन चिपसेट रहनेछ भन्ने यकिन हुन सकेको छैन।

अनरले जारी गरेको टिजर भिडियोमा अनर ट्याब भी७ प्रोमा अण्डाकार क्यामरा मोड्युल तथा पछाडि नीलो रंगको छालाको कभर हुनेछ।

यस्तै यसको डिजाइन हेर्दा यो हाइ इन्ड ट्याब्लेट हुने आकलन गर्न सकिन्छ।

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • ११ श्रावण २०७८, सोमबार