माइक्रोसफ्टले भारतमा २ अर्ब डलर लगानीको डाटा सेन्टर स्थापना गर्ने योजनामा

  • Technology Khabar | ९ श्रावण २०७८, शनिबार
माइक्रोसफ्टले भारतमा २ अर्ब डलर लगानीको डाटा सेन्टर स्थापना गर्ने योजनामा

काठमाडौं ।

टेक कम्पनी माइक्रोसफ्टले छिमेकी भारतको तेलंगाना सरकारसँग करिब २ अर्ब अमेरिकी डलरको लगानीमा सबैभन्दा ठूलो डाटा सेन्टर स्थापना गर्ने प्रस्तावमा छलफल गरिरहेको छ।

भारतीय मिडियाहरुले सम्पूर्ण मामलाका नजिकका स्रोतहरूलाई उदृत गर्दै सो रिपोर्ट गरेका हुन् । यदि वार्ता सफल भयो भने यो अमेरिका बाहिर माइक्रोसफ्टको एक प्रमुख लगानी हुने बताईएको छ।

तेलंगाना आईटी तथा उद्योग मन्त्री के. टी. रामारावले केही महिना अघि माइक्रोसफ्टको वरिष्ठ व्यवस्थापनसँग कुराकानी गरेका थिए।

छलफल अन्तिम चरणमा भएको तथा स्थान र लगानीको मात्रा सहित केहि मुद्दाहरूको अन्तिम निर्णय हुन बाँकी रहेको बताईएको छ ।

राज्य आईटी विभागका एक उच्च अधिकारीकाअनुसार उक्त आईटी कम्पनीले राज्य सरकारसँगको छलफलको बारेमा खुलासा नगर्न अनुरोध गरेको मिडिया रिपोर्टमा उल्लेख छ।

प्रकाशित: ९ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार