
काठमाडौं ।
कर्निङले स्मार्टफोनका क्यामराक सुरक्षाका लागि गोरिल्ला ग्लास डीएक्स र डीएक्स+ ल्याउने घोषणा गरेको छ।
प्राविधिक रुपमा यो ग्लास ल्याइएको पहिलो पटक भने होइन। सन् २०१८ मा नै कम्पनीले स्मार्टवाच फेसको सुरक्षाका लागि यो ग्लास सार्वजनिक गरिसकेको छ।
तर कर्निङका अनुसार यस पटक क्यामराका लागि भएकाले फोटो र भिडियोको गुणस्तरलाई मध्यनजर गर्दै अघिल्लो भर्सनमा भन्दा यस भर्सनका डीएक्स र डीएक्स+ लाई रिफर्मुलेट गरिएको छ।
कम्पनीका अनुसार नयाँ कम्पोजिशनले डिस्प्लेमा लगाइने गोरिल्ला ग्लास झैं नकोरिने विशेषता भएका यी शिशाले पार्श्व प्रकाश ९८ प्रतिशतसम्म भित्र जान दिन्छ।
तुलनात्मक हिसाबले हेर्दा एन्टि रिफ्लेकटिभ कोटिङ भएका परम्परागत लेन्स कभरले ९५ प्रतिशतमात्र पार्श्व प्रकाशलाई लेन्समा छिर्न दिन्छ।
हालसम्म यो नयाँ ग्लास कुन स्मार्टफोनमा प्रयोग हुने भन्ने यकिन भइसकेको छैन। तर कर्निङले भने सामसङसँग सम्झोता भएको बताएको छ।
प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार