
काठमाडौं ।
होन्डाको एनिभर्सरीको बारेमा सामाजिक सञ्जालमा फैलिएको भाइरल म्यासेज लिंक फेक भएको नेपाल स्थित होन्डाको आधिकारीक बितरकले जनाएको छ।
विगत दुई दिनदेखि होन्डाको ७०औं वार्षिकोत्सवको शुभकामनासहितको म्यासेज लिंक म्यासेन्जरमा पठाउने क्रम बढेको छ।
होन्डाको स्कुटर जित्न सकिने भन्दै आएको उक्त म्यासेज फेक भएको होन्डा मोटरासाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
होन्डाको आधिकारीक फेसबुक पेज मार्फत आफ्ना ग्राहकहरुलाई सूचना जारी गर्दै यस्तो कुनै योजना नभएको र यस्तो लिंक नखोल्न र अरुलाई नपठाउन समेत आग्रह गरेको छ ।
कम्पनीले हाल यस्तो कुनैपनि कार्यक्रम घोषणा नगरेको र सो लिंकमा फेक वेबसाइट रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो । यस बारेमा फेसबुकलाई समेत जानकारी गराईसकेको भन्दै सतर्क रहन भनेको छ ।
यो स्पामको रुपमा फैलिएको म्यासेजको लिंकमा क्लिक गरे पश्चात् २० जना वा ५ वटा ग्रुपमा उक्त लिंक पठाएर स्कुटर उपहार जित्न सकिने भनिएको हुन्छ । त्यस पश्चात् आफ्नो ठेगाना दिएर स्कुटर डेलिभरी गर्ने उल्लेख गरिएको हुन्छ ।

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार