Technology Khabar २१ पुष २०७२, मंगलवार
काठमाडौं ।
काठमाण्डौं, २१ पुस । एप्पलले नयाँ आईफोनबाट हेडफोनलाई हटाउने निश्चित भएको छ । कम्पनीले नयाँ आउन लागेको आईफोन सेभेनबाट हेडफोनलाई पूर्णरुपमा हटाउन लागेको हो ।
एप्पलका लागि आपूर्तिको काम गर्दै आएको एक चेन कम्पनीले एप्पलले आउने आईफोन सेभेनबाट अडियोको लागि प्रयोग हुँदै आएको हेडफोन ज्याक (headphone jack) हटाउने दाबी गरेको छ । एप्पलले आईफोन सेभेनबाट ३.५ एमएमको अडियो ज्याक (3.5mm audio jack) हटाउन लागेको हो । तर यसको बदलामा कम्पनीले वायरलेस प्रविधिको प्रयोग गर्ने भएको छ ।
एप्पल आईफोन सेभेन सीको उत्पादन जनवरी देखी
चीनिया सोशल साइट वेबोमा आएको एक रिपोर्टअनुसार एप्पलले अब अडियो ज्याकको साटो वायरलेस ब्लूटूथ प्रयोग गर्नुपर्ने हुन्छ । अहिले वायर्ड हेडफोन (Wired headphone) लाइटनिंग पोर्टमा कनेक्ट हुने व्यवस्था रहेको छ, जसले गर्दा अहिलेको ३.५ एमएमको लाइटनिंग पोर्ट पनि हटाईनेछ । अब वायर्ड हेडफोनको लागि लाइटनिंग कनेक्टरको प्रयोग गरिनेछ ।

एप्पलले निकै समयदेखि पातलो बनाउनका लागि विभिन्न किसिमका अध्ययन गरिरहेको छ, जसले गर्दा आईफोन सेभेनबाट अडियो ज्याक हटाईन लागीएको हो । त्यसैगरी कम्पनीले वायरलेस हेडफोनहरुको बिक्रीलाई प्रबद्र्धन गर्नपनि अडियो ज्याक हटाउन लागेको बताईएको छ ।
एप्पलले अडियो ज्याकको साटो प्रयोगमा ल्याउन चाहेको लाईटिंग हेडफोनहरु संभवत अन्य कम्प्यूटरहरुमा काम गर्दैन भने एप्पलभन्दा बाहेकका डिभाइसहरुमा पनि प्रयोग गर्न सकिँदैन् । त्यसैगरी लाईटनिंग पोर्टले एनालग अडियो सपोर्ट गर्दैन् । यसका साथै वायर्ड हेडफोनका लागि प्रयोगकर्ताले छुट्टै किसिमको एडप्टर (DAC) तथा एम्प्लिफायर (amp) बोक्नुपर्ने हुन्छ ।
यस्तो हेर्दा एप्पलको नयाँ प्रयोग निकै झन्झटिलो हुनसक्नेछ भने यो महंगो तथा अधिक उर्जा खपत हुने किसिमको हुनेछ ।
यो रिपोर्ट चीनबाट आएपनि अहिलेसम्म यसको बारेमा ठोस जानकारी आउन सकेको छैन्, त्यसैले यो बारेमा स्पष्ट रुपमा उल्लेख गर्न अझै कठिन रहेको छ ।
यस अघि पनि आईफोन लाइनअपमा वाटरप्रुफ हुने र यसले एन्टेनालाई छोप्नको लागि न्यू कम्पाउण्ड मटेरियल्सको प्रयोग गर्ने रिपोर्ट डिजिटाइम्सले उल्लेख गरेको थियो ।
प्रकाशित: २१ पुष २०७२, मंगलवार