काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आगामी जुलाइ २१ तारिखका दिन रियलमी इभेन्ट आयोजना गर्ने भएको छ।
यो इभेन्टमा विशेषगरी जीटी मास्टर सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरिने बुझिएको छ।
उक्त दिन यो सिरिजका कम्तीमा दुई ओटा मोडल- मास्टर एडिशन र मास्टर एक्स्प्लोरर एडिशन सार्वजनिक हुने अपेक्षा गरिएको छ।
सार्वजनिक हुने यी दुई फोनका स्पेसिफिकेशनमा मुख्यगरी ओपो फाइन्ड एक्स३ तथा वनप्लस ९ सिरिजमा रहेका सोनीको ५० मेगापिक्सेलको आईएमएक्स७६६ सेन्सर रहने पक्का भएको छ।
यसबाहेक मास्टर एक्स्प्लोररमा ७ जीबी भर्चुअलसहित १९ जीबीको र्याम रहने बताइएको छ। यसमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.५५ इन्चको एमोलेड डिस्प्ले रहनेछ।
स्न्यापड्रागन ८७० चिपसेटसहित आउने यो डिभाइसमा पावरा लागि ६५ वाट फास्ट चार्जिङसहितको ४३०० एमएएच क्षमताको ब्याट्री राखिनेछ।
यसैगरी एन्ड्रोइड ११ अपरेटिङ सिस्टम र रियलमी यूआई २.० रहने यो डिभाइसको मूल्य ४३२ डलर तोकिने रियलमीका उपाध्यक्ष शु कि चेजमार्फत् जानकारी बाहिरिएको छ।
यसको बेस भेरियन्ट भने ६ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेजसहितको हुने पनि बुझिएको छ।
प्रकाशित: ४ श्रावण २०७८, सोमबार