Technology Khabar ३ श्रावण २०७८, आईतवार
काठमाडौं ।
सामसङ मोबाइलले छिट्टै ग्यालेक्सी वाच ४ तथा वाच ४ क्लासिक सार्वजनिक गर्ने भएको छ।
हालै एक रिपोर्टमा कम्पनीले यी दुवै डिभाइसमा वयरेबलका लागि डिजाइन गरिएको एक्जिनोस डब्लू९२० चिपसेट रहने जनाएको छ।
यी डिभाइसहरुमा अघिल्ला संस्करणहरु भन्दा दोब्बर स्टोरेज रहने तथा कम ब्याट्री खपत गर्ने कम्पनीको दावी छ।
ग्यालेक्सी वाच३ सिरिजमा ८ जीबी आन्तरिक स्टोरेज रहेकोमा वाच४ मा दोब्हर हुने हिसाबले ११६ जीबी हुनुपर्ने अपेक्षा गरिएको छ। यो परिवर्तन यो गुगलको वयरओएसमा शिफ्ट भएका कारण भएको हो।
यो वयरेबलका लागि बनाइएको प्लेस्टोरमा खुल्ने र यूजरले सेभ गरिएका अडियो ट्र्याकहरुबाहेक अन्य एपहरु पनि स्टोर गर्न सक्ने बताइएको छ।
प्रकाशित: ३ श्रावण २०७८, आईतवार