
काठमाडौं ।
मफिले हालै एकै पटकम तीनवटा एप्पल डिभाइस चार्ज गर्न मिल्ने थ्री इन वन चार्जर सार्वजनिक गरेको छ।
यसमार्फत् यूजरहरुले एकै पटकमा आईफोन १२, एप्पल वाच तथा एयर पडहरु चार्ज गर्न सक्ने बताइएको छ।
यो डिभाइस वास्तवमा म्यागसेफ चार्जरको डक वा स्ट्यान्ड हो। यसमा म्यागसेफ चार्जर भने समावेश गरिएको हुँदैन तर म्यागसेफ चार्जर भएकाहरुले त्यसलाई स्ट्यान्डको पछाडि राखेर एप्पल डिभाइसहरुलाई अगाडि राख्न सक्छन्। चार्जरमा भएको चुम्बकले फोनलाई अड्याएर सजिलो तरिकाले राख्छ।
यो स्ट्यान्डमा एयरपड तथा एप्पल वाचका लागि पनि बिल्ट इन वायरलेस चार्जिङको व्यवस्था गरिएको छ।
यो स्ट्यान्डमा क्यूआई वायरलेस चार्जिङ सपोर्ट गर्ने एयरपडका कुनैपनि सिरिज चार्ज गर्न सकिन्छ। एप्पल वाच स्ट्यान्डमा वाचका लागि आवश्यक चार्जिङ स्ट्यान्डर्ड रहेको छ चार्ज गर्दा नाइटस्ट्यान्ढ मोडको घडी देखिने गरी यसले वाचको पोजिशन मिलाउँछ।
म्यागसेफका लागि ल्याइएको मफिको यो थ्री इन वन वायरलेस स्ट्यान्डको शुरुवाती मूल्य ९० डलर तोकिएको छ भने यो सेतो रंगमा मात्र उपलब्ध हुने बताइएको छ।
प्रकाशित: ३ श्रावण २०७८, आईतवार