माइक्रोसफ्टको नयाँ विन्डोज ३६५ को सब्क्रिप्शन लिएपछि जुनसुकै ठाउँबाट विन्डोज ११ स्ट्रिम गर्न सकिने

  • Technology Khabar | ३१ असार २०७८, बिहीबार
माइक्रोसफ्टको नयाँ विन्डोज ३६५ को सब्क्रिप्शन लिएपछि जुनसुकै ठाउँबाट विन्डोज ११ स्ट्रिम गर्न सकिने

काठमाडौं ।

माइक्रोसफ्टले बुधबार आफ्नो इन्स्पायर कन्फ्रेन्सका बीच विन्डोज ३६५ सार्वजनिक गरेको छ।

प्रिजेन्टेशनका बेला क्लाउड पीसी नाम नाम दिइएको विन्डोज ३६५ विन्डोजको पहिलो सब्स्क्रिप्शनमा आधारित लाइसेन्स हो।

विन्डोज ३६५ को सब्स्क्रिप्शन लिइसकेपछि यूजरले कुनै पनि डिभाइसबाट, कुनै पनि ठाउँबाट इन्टरनेट कनेक्शनका माध्यमबाट विन्डोज ११ लग इन गर्न सक्नेछन्।

यस्ता सब्स्क्रिप्शनमा आधारित सेट अपले ठूला कम्पनीलाई आफ्ना कर्मचारीलाई अपरेटिङ सिस्टमसँग सम्बन्धित संस्थागत तहको सुरक्षा तथा नीतहरु प्रदान गर्न सहज हुने बुझिएको छ।

यस प्रकारको साधन प्रयोगले व्यवस्थापनलाई भोतिक हार्डवयर कन्फिगर गर्न सूचना प्रविधि विभागको भर परिरहनु पर्दैन।

कोरोना महामारीका कारण डिजिटल तरिका तथा प्रविधिहरुको प्रयोग आत्मसात् गर्ने क्रम द्रुत रुपमा बढिरहेको बेला यस प्रकारको क्लाउडमा आधारित विन्डोज मेशिन निकै लाभदायक हुने अपेक्षा गरिएको छ।

यो फिचर माइक्रोसफ्टका कर्पोरेट उपभोक्तासमक्ष सार्वजनिक रुपमा कहिले उपलब्ध हुन्छ भन्ने चाहिँ खुलाइएको छैन।

तर यो फिचर आगामी अगस्ट २ मा विन्डोज ३६५ बिजनेस तथा विन्डोज ३६५ इन्टरप्राइज गरी दुई ओटा भर्सनमा सार्वजनिक हुनेछ।

यसको मूल्य इन्स्टल गर्दाको स्टोरेज साइज हेरेर प्रतिव्यक्ति प्रति महिनाका आधारमा तोकिने बुझिएको छ।

प्रकाशित: ३१ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Veel Announces Nepal Pilot to Empower Creator Economy

  • Technology Khabar
  • ३१ असार २०७८, बिहीबार