स्मार्ट टेलिकमले ल्यायो अन्तर्राष्ट्रिय कलमा भारी छुटको सुविधा, कुन देशमा कति शुल्क ?

  • Technology Khabar | ३० असार २०७८, बुधबार
स्मार्ट टेलिकमले ल्यायो अन्तर्राष्ट्रिय कलमा भारी छुटको सुविधा, कुन देशमा कति शुल्क ?

काठमाडौं ।

स्मार्ट टेलिकमले प्रयोगकर्तालाई धेरै भन्दा धेरै सुबिधा दिने उद्देश्यसहित अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्मको आकर्षक छुट तथा प्याकेजको निःशुल्क एक्टिभेसन सुविधा दिने योजना सार्बजनिक गरेको छ।

यो सुविधासँगै प्रयोगकर्ताहरुलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको रहेको छ ।

यो छुटसँगै प्रयोगकर्ताहरूले विश्वभरि छरिएर रहेका आफन्तसँग सहज एवं सुलभ दरमा अझै धेरै कुराकानी गर्न सक्नुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ। अब भारत, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत, जापान तथा युएसए-क्यानडा जस्ता देशहरुमा न्यूनतम १.९९ रुपैयाँमा कुराकानी गर्न सकिने भएको छ।

सार्बजनिक गरिएको दररेटमा भारतमा २.८९ रुपैंया, चीनमा ३.९९, दक्षिण कोरिया ४.९९, अमेरिका र क्यानाडामा १.९९, बंगलादेशमा ३.९९, अस्ट्रेलियामा ५.९९, बेलायतमा ४.९९, जापानमा ४.९९, भुटानमा ७, श्रीलंकामा १५, फिलिपिन्समा १५, सिंगापुरमा ४, न्यूजील्याण्डमा ६, थाइल्याण्डमा ८, भियतनाममा ७ र म्यान्मारमा २० रुपैयाँ रहेको छ । यी दररेट कर वाहेक रहेको स्मार्ट टेलिकमले जानकारी दिएको छ।

यी अफरहरु प्रयोग गर्नका लागि *१४१*८*१*१# (*141*8*1*1# ) डायल गर्नुपर्ने स्मार्ट टेलिकमले जनाएको छ । यस योजनाको विस्तृत जानकारीका लागि ग्राहकहरुले १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने वा स्मार्ट टेलिकमको फेसबुक वा वेभसाइट www.smarttel.com.np मा गएर थप जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३० असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...