मोबाईलमा यी एप्स छन् भने तपाईँको बैंक खाता खाली हुनसक्छ, आजै डिलिट गर्नुहोस्

  • Technology Khabar | ३० असार २०७८, बुधबार
मोबाईलमा यी एप्स छन् भने तपाईँको बैंक खाता खाली हुनसक्छ, आजै डिलिट गर्नुहोस्

काठमाडौं ।

स्मार्टफोनको प्रयोगमा बृद्धि भएपछि ह्याक हुने जोखिम पनि पहिले भन्दा बढेको छ। ह्याकरहरू जहिले पनि कसैको फोन ह्याक गर्ने र उसको व्यक्तिगत विवरण वा उसको बैंक खाता लक्षित गर्ने क्रममा हुन्छन्।

हामी थाहा नै नपाएर त्यस्ता धेरै एपहरू डाउनलोड गर्छौं जसले ह्याकरहरूलाई डाटा लीक गराउन मद्दत गर्दछ। साइबर सिक्योरिटी विज्ञहरुले एपमार्फत बैंक खातामा पहुँच पुर्याउने केहि एपको बारेमा जानकारी दिएका छन् । आज हामी तपाईंलाई त्यस्ता एपहरूको बारेमा बताउछौं जुन मार्फत ह्याकरहरूले तपाईंको बैंक खाता खाली गर्न सक्दछन्।

यदि यी एपहरू तपाईंको फोनमा अवस्थित छन् भने तिनीहरूलाई आजै डिलिट गर्नुहोस्।

  • QR/Barcode Scanner MAX
  • Cake VPN
  • Pacific VPN 
  • eVPN
  • BeatPlayer
  • Music Player
  • tooltipnatorlibrary
  • QRecorder

विज्ञहरूका अनुसार, ह्याकरहरूले तपाईको फोनमा आएको एपको प्रमाणिकरणका लागि आउने कोडमार्फत बैंक खातामा प्रवेश गर्दछन्। यस तरीकाबाट ह्याकिङ्ग गरेर, ह्याकरहरूले तपाईंको खाताबाट सबै पैसा निकाल्छन् र तपाईंलाई थाहा पनि हुँदैन् ।

प्रकाशित: ३० असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार