निर्वतमान सञ्चार मन्त्री नेम्वाङको बिदाई

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
निर्वतमान सञ्चार मन्त्री नेम्वाङको बिदाई

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्वतमान मन्त्री वसन्त नेम्वाङलाई बिदाइ गरेको छ ।

मन्त्रालयमा आयोजित एक समारोहमा सचिव हरि बस्याल, उच्च पदस्थ कर्मचारी एवं विभाग, प्राधिकरण, समिति र संस्थानका पदाधिकारीले मन्त्री नेम्वाङलाई बिदाइ गरेका हुन्।

कार्यक्रममा निर्वतमान मन्त्री नेम्वाङले संसदीय प्रणाली र दलीय व्यवस्थाभन्दा बाहिर गएर अदालतले फैसला गरे पनि कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाध्यात्मकरूपमा सरकारबाट बाहिरिनुपरेको बताए ।

उनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीत अदालतको फैसला आएको भए पनि त्यसलाई स्वीकार गरेर आफूहरू सरकारबाट अलग भएको उल्लेख गरे।

उनले जे जति दिन काम गर्न पाइयो, त्यसमा गौरवका साथ कार्यसम्पादन गरिएको स्पष्ट पारेका थिए ।

मन्त्रालयका सचिव बस्यालले मन्त्रालयले अत्यन्तै परिपक्व नेतृत्व र अभिभावक पाएको भन्दै छोटो समयमा पनि प्रभावकारी कार्यसम्पादन भएको बताए ।

परिस्थिति फेरिएकाले यसलाई सहजरुपमा लिएर आगामी दिनमा कार्यसम्पादन गर्ने उनको भनाइ थियो । सो अवसरमा मन्त्रालय मातहतका विभाग, प्राधिकरणको, संस्थान र समितिका पदाधिकारीको उपस्थिति थियो । गोरखापत्रअनलाइन

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार