
काठमाडौं ।
ह्वाट्सएपको गोपनीयतासँग सम्बन्धित फिचरहरुमध्ये एक रहेको ‘डिस्अपियरिङ मेसेज’ अब एपको आईओएस बिटामा पनि राखिने भएको छ।
केही समयअघिदेखि सबै एन्ड्रोइड यूजरहरुका लागि उपलब्ध यो फिचर अब भने आईओएस प्रयोगकर्ताका लागि पनि उपलब्ध हुने भएको हो।
यो फिचर हाल एपको बिटा भर्सनमा परीक्षण भइरहेको र यसको अन्तिम भर्सन पनि छिट्टै नै उपलब्ध हुने बताइएको छ।
डिस्अपिएरिङ मेसेज टेक्स्टका लागि मात्र लागू हुने छैन। अबदेखि यूजरहरुले च्याटमा पठाइएका भिडियो तथा फोटो पनि इन्स्टाग्रममा झैं प्राप्त गर्ने व्यक्तिले हेरिसकेपछि आफैं डिलिट हुनेछ।
यो फिचरलाई डिस्अपियरिङ मेसेजभन्दा पनि ‘भ्यू वन्स’ का नामले चिनिन्छ र यो च्याटमा सामग्री आदानप्रदान गर्ने दुवै पक्षमा उपलब्ध हुनु जरुरी हुन्छ। डिस्पियरिङ टेक्स्ट मेसेजको समयावधि ७ दिनको हुन्छ भने भ्यू वन्स फिचरमा रहेका सामग्री १ पटक हेरेपछि तत्काल हराउँछन्।
यसका लागि मेसेज पठाउने बेलामा क्याप्शनमै एउटा डेडिकेटेड टाइमर राखिएको हुन्छ र प्रापकले एक पटक उक्त भिडियो वा फोटो सामग्री हेरेपछि त्यसको नोटिफिकेशन मेसेज पठाउनेकोमा आफैं जान्छ। तर मेसेज पाउने व्यक्तिलाई ती सामग्रीको स्क्रीनशट लिनबाट भने रोक्न सकिँदैन।
प्रकाशित: २९ असार २०७८, मंगलवार