
काठमाडौं ।
माइक्रोब्लगिङ साइट ट्विटरले भारतमा पहिलोपटक कम्प्लायन्स रिपोर्ट जारी गरेको छ।
कम्पनीले सूचना प्रविधि कानून अनुसारको मुद्दा हारेपछि हालै विनय प्रकाश नामका व्यक्तिलाई आवासीय अनुपालन अधिकारी अर्थात् कम्प्लायन्स अफिसर नियुक नियुक्त गरेको थियो।
अनुपालन अर्थात् गुनासो सुन्ने अधिकारी नियुक्त गरेको दोस्रो दिन नै कम्पनीले आफ्ना प्लेटफर्ममा भएका एकाउन्टहरुमाथि कठोर कदम चालेको छ।
पहिलो कम्प्लायन्स रिपोर्ट अनुसार कम्पनीले २२, ५०० ओटा एकाउन्ट बन्द गरिदिएको छ।
हटाइएका एकाउन्टमा प्राय बालबालिकाको योन शोषण, अश्लीलता तथा आतंकवादलाई बढावा दिने खालका सामग्री रहेका बताइएको छ।
मानिसहरुको गोपनीयतामा असर पार्ने पोस्ट पनि हटाइयो
हाल जारी कम्प्लायन्स रिपोर्टमा गत मे २६ देखि जुन २५ सम्मको तथ्याङ्क राखिएको छ जसमा अदालतको आदेश र व्यक्तिगत आधारमा यूजरहरुले गरेका गुनासोसँग सम्बन्धित छन्।
यो रिपोर्टमा यस प्रकारका १३३ ओटा पोस्ट हटाइएको उल्लेख छ। यी पोस्टमार्फत् मानिसहरुको गोपनीयता हनन भएको निष्कर्ष निकालिएको छ।
७ ओटा सस्पेन्ड गरिएका एकाउन्ट पुन: शुरु
रिपोर्टमा भारतीय गुनासो सुन्ने अधिकारीसमक्ष एकाउन्ट भेरिफिकेशन, एकाउन्ट एक्सेस, ट्विवटरको तर्फबाट एकाउन्टमाथि गरिएको कारबाहीजस्ता विषयमा सबैभन्दा धेरै गुनासो आउने बताइएको छ।
माथिका तथ्याङ्कबाहेक ट्विटरले ५६ प्रकारका अन्य गुनासाहरुमाथि पनि कारबाही गरिएको बताएको छ। यीमध्ये ७ ओटा एकाउन्टलाई फेरि चलाउन मिल्ने गरी इजाजत पनि दिइएको छ।
प्रकाशित: २९ असार २०७८, मंगलवार