फोरजी पेटेन्टको लागि ह्वावेलाई फक्सवागनको आपुर्तिकर्ताले शुल्क तिर्ने

  • Technology Khabar | २४ असार २०७८, बिहीबार
फोरजी पेटेन्टको लागि ह्वावेलाई फक्सवागनको आपुर्तिकर्ताले शुल्क तिर्ने

काठमाडौं ।

ह्वावेले बुधबार अटोमेकर फक्सवागनका गाडीहरुमा फोरजी कनेक्टिभिटीका लागि पेटेन्ट प्रविधि उपलब्ध गराउने भएको छ ।

कम्पनीले नाम उल्लेख नगरिएको आपूर्तिकर्तासँग पेटन्ट इजाजतपत्र सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ तर रिपोर्टले भने यो लक्जमबर्गमा रहेको रोलिंग वायरलेस भएको जेडीनेटले उल्लेख गरेको छ।

सोसम्झौताले सवारी साधनहरुमा फोरजी कनेक्टिविटी कभर गर्दछ । ह्वावेको लागी यसले ३ करोड गाडीहरु यसको पेटन्ट इजाजतपत्र अन्तर्गत आउने आशा गरेको छ। चिनियाँ जायन्टले अटोमोटिभ उद्योगसंग यसको सबैभन्दा ठूलो सम्झौता भएको बताएको छ।

“एक नवीन कम्पनीको रूपमा, हामीले वायरलेस टेक्नोलोजीहरूको लागि अग्रणी पेटन्ट पोर्टफोलियो स्वामित्वमा लिन्छौं, जसले अटोमोटिभ उद्योगका लागि ठूलो मूल्य सिर्जना गर्दछ,” ह्वावेका प्रमुख कानूनी अधिकारी सङ्ग लिउपिङ्गले भने।

“हामी खुसी छौं कि अटोमोटिभ उद्योगका प्रमुख खेलाडीहरूले त्यो मूल्यलाई मान्यता र पहिचान दिएका छन्। हामी विश्वास गर्दछौं कि यो इजाजतपत्रले हाम्रो उन्नत टेक्नोलोजीका साथ विश्वव्यापी उपभोक्ताहरूलाई फाइदा पुग्छ।”

अमेरिकी प्रतिबन्धपछि ह्वावेले राजस्व गिरावटलाई उल्ट्याउनको लागि विविधीकरणको आवश्यकता पर्ने बताउँदै आएको छ।

अप्रिलमा, कम्पनीले पहिलो त्रैमासिक बिक्री १६.५ प्रतिशतले आम्दानीमा गिरावट आएको रिपोर्ट गरेको थियो । एजेन्सीहरु

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार