बिल गेट्स र आफू मिलेर रचनात्मक काम गर्न नसकेको खण्डमा फाउन्डेशन छोड्ने मेलिन्डा गेट्सको भनाइ

  • Technology Khabar | २४ असार २०७८, बिहीबार
बिल गेट्स र आफू मिलेर रचनात्मक काम गर्न नसकेको खण्डमा फाउन्डेशन छोड्ने मेलिन्डा गेट्सको भनाइ

काठमाडौं ।

केही समयअघि पारपाचुके गरेका बिल तथा मेलिन्डा गेट्स सह संस्थापक रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनमा कसरी सँगै काम गर्छन् भन्ने प्रश्न उठेको छ।

हालै फाउन्डेशनको एउटा विज्ञप्तिमा दुवै जना मिलेर काम गर्न नसक्ने बताइएको द न्यूयोर्क टाइम्सले बताएको छ।

फाउन्डेशनले बिल र मेलेन्डाले २ वर्षपछि सँगै काम गर्न नसक्ने निर्णय गरेमा मेलिन्डा फ्रेन्च गेट्स उपाध्यक्ष तथा ट्रस्टीको पदबाट राजीनामा दिने पनि बताइएको छ।

फाउन्डेशनका सीईओ मार्क सुज्मनले गेट्स दम्पतीको पारपाचुके पछिको २ वर्षे परीक्षणकाल तथा फाउन्डेशनको गरिबी, रोग तथा असमानता निवारण योजनाका लागि दुवैका तर्फबाट थप १५ अर्ब डलरको प्रतिबद्धताको घोषणा गरेका छन्।

उनले दुई सह अध्यक्षहरुले च्यारिटेबल फाउन्डेशनको ट्रस्टीको सङ्ख्या बढाउने निर्णय गरेका पनि उल्लेख गरेका छन्।

थप ट्रस्टीहरुले नयाँ दृष्टिकोण ल्याउने, स्रोत परिचालन तथा रणनैतिक दिशा तय गर्न गर्न मार्गनिर्देश गर्ने साथै फाउन्डेशनको स्थायित्व र दीगोपनाका लागि काम गर्नेछन्।

विज्ञप्तिअनुसार मेलिन्डा र बिल फाउन्डेशनमा रचनात्मक काम गर्न पूर्ण प्रतिबद्ध रहिरहने पनि बताइएको छ। तर यदि मेलिन्डाले २ वर्षपछि राजीनामा दिएको खण्डमा उनले आफ्नै ब्रान्ड अन्तर्गत पनि योगदान पुर्याइरहन सक्नेछिन्।

मेलिन्डाले मानवीय कार्यका लागि व्यक्तिगत स्रोत बिल गेट्सबाट पाउनेछिन्। यी स्रोतहरु फाउन्डेशनको सम्पत्तिबाट अलग हुने रफाउन्डेशनलाई कुनै असर नपर्ने पनि बुझिएको छ।

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार