भिभो एस१० प्रो १०८ मेगापिक्सेलको क्यामरासहित जुलाइ १५ मा आउने

  • Technology Khabar | २४ असार २०७८, बिहीबार
भिभो एस१० प्रो १०८ मेगापिक्सेलको क्यामरासहित जुलाइ १५ मा आउने

काठमाडौं ।

गएको मार्चमा एस९ सिरिज घोषणा गरेको चिनियाँ स्मार्टफोन कम्पनी भिभोले आगामी जुलाइ १५ मा एस१० लाइनअप सार्वजनिक गर्ने भएको छ।

कम्पनीले एस१० सिरिजका कति ओटा फोनहरु आउने भन्नेबारेमा कुनै जानकारी दिएको छैन तर वेबोमा शेयर गरिएको पोस्टर अनुसार भिभोले प्रो मोडे भने ल्याउने लगभग निश्चित छ।

उक्त फोटोमा देखिए अनुसार एस१० प्रोमा १०८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ। यसबाहेक सेटको फ्रेम फ्लाट रहेको छ भने नच डिस्पलेसहित २ ओटा सेल्फी क्यामरा राखिएको छ।

भिभोले एस१० सिरिजको स्पेसिफिकेशनका बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन तर केही समयअघि लीक भएका विवरणहरुलाई हेर्दा यसमा मिडियाटेकको डाइमेन्सिटी ११०० चिपसेट, १०८ मेगापिक्सेलको क्यामरा, ४४ वाट फास्ट चार्जिङ, यूएफएस ३.१ स्टोरेज, एनएफसी तथा ८ र १२ जीबीको र्यामजस्ता फिचर रहने आकलन गरिएको छ। यसमा ३ र ४ जीबीको भर्चुअल मेमोरी थप गर्न पनि मिल्नेछ।

प्रकाशित: २४ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...