रेडमी नोट १०टी फाइभजी भारतमा उपलब्ध हुने संकेत

  • Technology Khabar | २२ असार २०७८, मंगलवार
रेडमी नोट १०टी फाइभजी भारतमा उपलब्ध हुने संकेत

काठमाडौं ।

शाओमीले केही समयअघि भारतमा रेडमी नोट १० फाइभजीको रिब्रान्डेड भर्सन पोको एम३ प्रो फाइभजी सार्वजनिक गरेको थियो।

कम्पनीले अहिले फेरि उस्तै खालको अर्को स्मार्टफोन रेडमी नोट १०टी फाइभजी भारतीय उपमहाद्वीपमा उपलब्ध गराउने संकेत गरेको छ।

रेडमी नोट१०टी फाइभजीमा ६.५ इन्चको ९० हर्ज रिफ्रेश रेटसहितको एलसीडी डिस्प्ले रहनेछ भने मिडियाटेकको डाइमेन्सिटी ७०० चिपसेट उपलब्ध हुनेछ।

यसबाहेक ४ र ६ जीबी र्याम तथा ६४ र १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा आउने यो डिभाइस ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ।

सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा रहने यो फोनलाई पावर दिनका लागि १८ वाट फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच क्षमताको ब्याट्री दिइनेछ।

यी स्पेसिफिकेशनहरु दुवै रेडमी नोट १० फाइभजी तथा पोको एम३ प्रो फाइभजीमा एउटै रहेका छन्।

रेडमी नोट१० टी फाइभजी हरियो, नीलो, सिल्भर र खैरो रंगमा उपलब्ध हुने बुझिएको छ।

प्रकाशित: २२ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार