‘वनप्लस प्याड’ नामक ट्याब्लेटको ट्रेडमार्क दर्ता, छिट्टै आउन सक्ने

  • Technology Khabar | २१ असार २०७८, सोमबार
‘वनप्लस प्याड’ नामक ट्याब्लेटको ट्रेडमार्क दर्ता, छिट्टै आउन सक्ने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले हालै एउटा ट्याब्लेटको ट्रेडमार्क दर्ता गराएको छ।

लगभग ८ वर्षदेखि स्मार्टटफोनको दुनियाँमा चर्चित रहेको वनप्लसले यो ट्रेडमार्कसँगै अब ट्याब्लेटको बजारमा पनि प्रवेश गर्ने योजना बनाएको बुझिएको छ।

यूरोपियन यूनियन इन्टेलेक्चुअल प्रोपर्टी अफिस ईयूआईपीओको कार्यालयमा दर्ता गरिएको एउटा ट्रेडमार्कको प्रमाणपत्रका अनुसार वनप्लुले वनप्लस प्याड नाम गरेको इलेक्ट्रोनिक डिभाइस उत्पादन गर्ने अधिकार प्राप्त गरेको छ।

वनप्लस चीनको बीबीके इलेक्ट्रोनिक्स कर्पोरेशनको मातहतका कम्पनीहरुमध्ये एक हो।

यही बीबीके इलेक्ट्रोनिक्स कर्पोरेशन अन्तर्गत नै ओपो र रियलमी पनि पर्दछन्। तीनवटा कम्पनीमध्ये रियलमीले भने ल्यापटप तथा ट्याब्लेटको क्षेत्रमा कदम अगाडि बढाइसकेको छ।

प्रकाशित: २१ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...