काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी अनरले आफ्नो एक्स२० एसई स्मार्टफोन डाइमेन्सिटी ७०० चिपसेटका साथ सार्वजनिक गरेको छ।
कम्पनीले यसमा चिपसेटबाहेक ठूलो स्टोरेज र पछाडिपट्टि ट्रिपल क्यामरा सेटअप पनि उपलब्ध गराएको छ।
शुरुमा यो चीनमा उपलब्ध हुने र स्वतन्त्र कम्पनी भएका नाताले बिस्तारै विश्वभर नै यो सेट उपलब्ध हुने आकलन गरिएको छ।
यो डिभाइसमा ६.६ इन्चको फुल एचडी+ डिस्प्लेमा १६ मेगापिक्सेलको पन्चहोल सेल्फी क्यामरा राखिएको छ। यसको फिंगरप्रिन्ट स्क्यानर पावर की मा दिइएको छ।
पछाडि ६४ मेगापिक्सेलको मुख्यसहित २-२ मेगपिक्सेलका म्याक्रो र डेप्थ सेन्सर रहेको ट्रिपल क्यामरा सेटअप छ।
साथमा ६ र ८ जीबी र्यामसहित आउने यो डिभाइसमा कम्पनीले मिडियाटेकको डाइमेन्सिटी ७०० चिपसेट राखेको छ। यसमा १२८ जीबीको आन्तरिक स्टोरेज दिइएको छ भने फाइभजी स्ट्यान्डबाइ फिचर पनि समावेश गरिएको छ।
पावरका लागि २२.५ वाट फास्ट चार्जिङ सपोर्ट सहितको ४००० एमएएच ब्याट्री राखिएको यो सेटमा एन्ड्रोइड ११ मा आधारित म्याजिक यूआई ४.१ दिइएको छ भने चीनमा मात्र उपलब्ध सेटमा गुगल सर्भिस समावेश गरिएको छैन।
यसको शुरुवाती मूल्य ६ जीबी र्याम भेरियन्टको १७९९ चिनियाँ युआन अर्थात् २८० डलर तथा ८ जीबी र्याम भेरियन्टको १९९९ चिनियाँ युआन अर्थात् ३१० डलर तोकिएको छ।
कालो, नीलो, रोज गोल्ड र सिल्भर गरी चार रंगमा उपलब्ध हुने यो सेटको प्रि अर्डर खुलेको र आगामी जुलाइ ९ देखि डेलिभरी गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: १७ असार २०७८, बिहीबार