
काठमाडौं ।
गत मार्चमा एस९ मोडलको स्मार्टफोन सार्वजनिक गरेको चिनियाँ स्मार्टफोन कम्पनी भिभोले अब एस१० मोडलमा काम गरिरहेको खबरहरु बाहिरिएका छन्।
हालै चीनमा फैलिएको खबर अनुसार एस१० मा कम्पनीले काम गरिरहेको मात्र नभइ उत्पादन पनि भइसकेको र यसको सार्वजनिक हुने आधिकारिक मिति घोषणा हुन मात्र बाँकी रहेको छ।
बाहिरिएको विवरण अनुसार भिभो एस१० मा यसअघिको एस९ मा जस्तै मिडियाटेकको डाइमेन्सिटी ११०० चिपसेट रहनेछ। तर क्यामरा भने एस९ को भन्दा फरक क्षमताको हुनेछ।
यसअघिको एस९ मा ६४ मेगापिक्सेलको क्यामरा रहेकोमा एस१० मा भने १०८ मेगापिक्सेलको अझ शक्तिशाली क्यामरा राखिने बुझिएको छ।
यसबाहेक यो सेटमा एनएफसी सपोर्ट, यूएफएस ३.१ स्टोरेज, ४४ वाट फास्ट चार्जिङसहितको ब्याट्रीका साथै एन्ड्रोइड ११ र भिभोको आफ्नै यूआई समावेश रहनेछ।
ममोरी र स्टोरेजका हिसाबले दुई भेरियन्टमा उपलब्ध हुने यो स्मार्टफोनमा ८ जीबी र १२ जीबीको मेमोरी रहने र दुवैमा ४-४ जीबीको भर्चुअल र्याम थप्न सकिने बुझिएको छ।
प्रकाशित: १६ असार २०७८, बुधबार