बेलायतस्थित स्पेस कम्पनी वनवेबमा भारती ग्लोबलको ५० करोड डलर लगानी

  • Technology Khabar | १६ असार २०७८, बुधबार
बेलायतस्थित स्पेस कम्पनी वनवेबमा भारती ग्लोबलको ५० करोड डलर लगानी

काठमाडौं ।

बेलायतस्थित स्पेस स्टार्टअप वनवेबले भारतीय फर्म भारती ग्लोबलबाट ५० करोड अमेरिकी डलर लगानीको रुपमा नगद प्राप्त गरेको छ।

यस सम्झौताको अर्थ भारतीले अब सो कम्पनीमा ३९ प्रतिशत हिस्सेदारी लिने छ, जसले यसलाई सेटेलाइट प्रदायकमा सबैभन्दा ठूलो सेयरहोल्डर बनाउने बीबीसीले उल्लेख गरेको छ।

वनवेबमा भारती ग्लोबलका साथै बेलायत सरकार पनि प्रमुख सेयर होल्डर हो र भारतीले गत वर्ष दिवालियापन हुनबाट बचाउन वनवेबलाई किन्न १ अर्ब डलरको प्रस्ताव राखेको थियो।

नयाँ लगानीले वनवेबले यस बर्षको अन्तमा अधिक व्यावसायिक स्याटेलाइट (उपग्रह) प्रक्षेपण गर्न मद्दत गर्दछ।

वनवेब पृथ्वीको तल्लो कक्षमा स्याटेलाइट नेटवर्कको निर्माण गरीरहेको छ जसले विश्वभर ब्रोडब्यान्ड कनेक्शन प्रदान गर्ने लक्ष्य लिएको छ ।

सो नयाँ सम्झौता यस बर्षको दोस्रो अर्ध वार्षिकमा पूरा हुने अपेक्षा गरिएको छ।

“एक बर्ष भित्र र विश्वव्यापी महामारीको बेलामा हामीले एक साथ वनवेबलाई रूपान्तरण गरेका छौं । सञ्चालनलाई पूर्ण मापदण्डमा ल्याएका छौं। यस वित्तिय कोषबाट हामी लगानी आवश्यकताहरु पूरा गर्छौं” भारती ग्लोबलका प्रबन्ध निर्देशक श्राभिन मित्तलले एक विज्ञप्तिमा भने।

समग्रमा कम्पनीले आफ्नो महत्वाकांक्षाहरू पुरा गर्न २.४ अर्ब डलरको कोष सुरक्षित गरेको छ। पेरिसमा आधारित युटेलस्याटले अप्रिलमा वनवेबमा ५५ करोड डलर लगानीमा भाग लिएको थियो।

जापानी टेक्नोलोजी जायन्ट सफ्ट बैंक पनि एक प्रमुख लगानीकर्ता हो।

सम्झौता अन्तर्गत, युके सरकार, युटेलस्याट र सफ्टब्यांक प्रत्येकको १९.३ प्रतिशत फर्मको स्वामित्व हुनेछ।

तत्कालिन बेलआउटको बेला बेलायतको कर भुक्तानी गरेको रकम  टाटपल्टिएको कम्पनीलाई बचाउन खर्च गरेको भन्दै सरकारको आलोचना गरिएको थियो।

यस हप्ताको सुरूमा, वनवेबले बेलायतको दुर्गम भागहरू र समुद्रमा बस्ने मानिसहरूलाई ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने तरिकाहरू पत्ता लगाउन बेलायती टेलिकम अपरेटर बीटीसँग सम्झौता गरेको थियो।

विश्व बजारमा वनवेबले इलन मस्कको स्टारलिंक र जेफ बेजोसको प्रोजेक्ट कुइपरसँग प्रतिस्पर्धा गर्नेछ ।

सो कम्पनीसँग हाल २१८ साना स्याटेलाइटहरु छन र बिहिबार थप ३६ स्याटेलाइट अन्तरिक्षमा पठाउँदैछ ।

प्रकाशित: १६ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार