मंगलबार ट्विटरमा आएको ‘रिभर्स क्रोनोलोजिकल’ अप्शन गायब हुने समस्या समाधान

  • Technology Khabar | १६ असार २०७८, बुधबार
मंगलबार ट्विटरमा आएको ‘रिभर्स क्रोनोलोजिकल’ अप्शन गायब हुने समस्या समाधान

काठमाडौं ।

ट्विटरमा हालै आएको एउटा समस्याका कारण वेब ब्राउजरबाट लग इन गर्नेले आफ्ना फीडहरु पुरानो मितिबाट चरणबद्ध रुपमा हेर्न मिल्ने ‘रिभर्स क्रोनोलोजिकल’ अप्शन हटेको पाए।

ट्विटरका फीडहरु अहिलेको मिति वा पुरानो मितिबाट चरणबद्ध रुपमा देखाउने यो फिचर सन् २०१८ मा पहिलो पटक आएदेखि नै प्रभावित भएको र मंगलबार भने यसमा अझ समस्या थपिएर यूजरहरुलाई अत्याएको थियो।

तर पछि कम्पनीले यो समस्या समाधान गरेको बुझिएको छ।

यस सम्बन्धमा धेरै गुनासा आएपछि ट्विटरले यसको समाधान गर्दै वेबमार्पत् ब्राउज गर्नेले पनि यो फिचर पुरानै अवस्थामा पाउने बताएको थियो।

यसलगत्तै द भर्जका केही कर्मचारीले परीक्षण गर्दा पेजमा उक्त स्विच बटन पुरानै अवस्थामा फर्किसकेको थियो।

ट्विटरका उत्पादन प्रमुख काभ्योन बेक्पुरले कापनीका प्रवक्ताले झैं यो टगल स्विच गायब हुनु एउटा ‘बग’ अर्थात् समस्या भएको बताए।

प्रकाशित: १६ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार