जापानको सफ्टब्यांकद्वारा पेप्पर रोबोटको उत्पादन बन्द

  • Technology Khabar | १६ असार २०७८, बुधबार
जापानको सफ्टब्यांकद्वारा पेप्पर रोबोटको उत्पादन बन्द

काठमाडौं ।

सन् २०१४ मा जापनमा बनेको मान्छेजस्तै देखिने पेप्पर रोबोटको उत्पादन बन्द हुने भएको छ।

यसको उत्पादक जापानको सफ्टब्यांकले तत्कालका लागि यो रोबोटको उत्पादन रोक्न लागेको बताएको बीबीसीले उल्लेख गरेको छ।

कम्पनीले आवश्यक लागेको खण्डमा मात्रै यसको पुन उत्पादन गरिने बताएको छ।

त्यसैगरी अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीले फ्रान्समा रहेको आफ्नो रोबोटिक प्लान्टका कर्मचारीको सङ्ख्यामा पनि व्यापक कटोती गर्ने जानाएको छ।

यो निर्र्णयबाट कम्पनीमा काम गर्ने ३३० जनामध्ये ५० प्रतिशतको जागिर गुम्ने पक्का भएको छ।

यी रोबोटले मानवीय संवेदना बुझ्ने भएकाले निकै लोकप्रिय भएका थिए। यिनीहरुलाई घरमा वा सार्वजनिक स्थानमा प्रयोग गर्ने गरिएको थियो।

जम्मा २७ हजार थान बनाइएका यी रोबोटको मूल्य १७९० डलर राखिएको थियो। अहिले भने उक्त रोबोटको उत्पादन बन्द गरिएको हो।

प्रकाशित: १६ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार