काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले २०२१ अप्रिल १ तारिखअघि सार्वजनिक भएका सबै अनर फोनहरुमा फर्मवयर अपडेट उपलब्ध गराउने भएको छ।
गत वर्ष ह्वावेबाट छुट्टिइसकेपछि स्वतन्त्र ब्रान्डका रुपमा उदाएको अनरले आफ्ना फोनहरुमा गुगल सर्भिस प्रि इन्स्टल गरेर सार्वजनिक गर्दै आएको थियो।
माउ कम्पनीबाट छुट्टिइसकेकाले फर्मवयर अपडेटले कसरी काम गर्छ भन्ने तिर लागेको छ।
यसैबीच कम्पनीको फिनल्यान्ड शाखाले सन् २०२१ अप्रिल १ तारिखअघि निस्किएका सबै अनर सेटहरुमा तिनीहरुको समयावधिभरी ह्वावेले फर्मवयर अपडेट उपलब्ध गराउने जानकारी गराएको हो।
यसबाट अनरले अप्रिल यता निस्केका सेटहरुमा मात्र फर्मवयर अपडेट उपलब्ध गराए पुग्ने भएको छ। अनरले तत्कालका लागि अनर ५० सिरिजमा मात्रा फर्मवयर अपडेट उपलब्ध गराए पुग्नेछ।
ह्वावेले हाइ इन्ड अनर सेटलाई मासिक तथा सस्ता सेटहरुमा तीन तीन महिनामा फर्मवयर अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस हिसाबले अनर २०, २० प्रो तथा भ्यू २० ले मासिक अपडेट पाउनेछन् भने तल दिइएका सेटहरुले तीन तीन महिनामा अपडेट पाउनेछन्:
अनर ३०, अनर ३० प्रो, अनर ३० आई, अनर ३० एस, अनर भ्यू ३० प्रो, अनर २०ई, अनर २०आई, अनर २०एस, अनर २० लाइट, अनर १०आई, अनर ९ए, अनर ९सी, अनर ९एस, अनर ९एक्स लाइट, अनर १०एक्स, अनर १०एक्स लाइट, अनर ९एक्स प्रो, अनर ८ए, अनर ८एस तथा अनर ८ए प्रो।
प्रकाशित: १५ असार २०७८, मंगलवार