ह्वावे र रोभियोको साझेदारीमा एङ्ग्री बर्ड्स २ एप ग्यालरीमा उपलब्ध

  • Technology Khabar | १५ असार २०७८, मंगलवार
ह्वावे र रोभियोको साझेदारीमा एङ्ग्री बर्ड्स २ एप ग्यालरीमा उपलब्ध

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले गेम निर्माता कम्पनी रोभियोसँग साझेदारीको घोषणा गरेको छ।

यसबाट कम्पनी गुगल र एप्पलले जस्तै आफ्नो इन-हाउस इकोसिस्टम निर्माण गर्नेतर्फ अगाडि बढेको बुझ्न सकिन्छ।

यसै साझेदारी अनुरुप चर्चित गेम एङ्ग्री बर्ड्स२ एप ग्यालरीमा उपलब्ध हुने भएको छ। यसबाहेक फ्रेन्चाइज सिनेमाहरु भने ह्वावे भिडियोमार्फत् हेर्न सकिनेछ।

चिनियाँ टेक जायन्ट ह्वावेले छिट्टै नै आफ्ना वाच फिट तथा वाच३ का वाच फेसमा एङ्ग्री बर्ड्स२ ब्रान्डिङ भएका थिमहरु उपलब्ध हुने पनि जानकारी दिएको छ।

यो गेम सामान्य मनोरन्जनका लागि खेलिने भए पनि बिस्तारै लेबल बढ्दै जाँदा यूजरहरुले वास्तविक रकम खर्च गरेर आवश्यक सामानहरु किन्न सक्छन्।

यसैले ह्वावेले केही प्रोमोमा पहिलो इन-गेम पर्चेजमा ५० प्रतिशत तथा अन्य कारोबारमा २० प्रतिशत छुट दिने योजना पनि अघि सारेको छ।

रोभियोले पनि आफ्नो प्रेस विज्ञप्तिमा यो गेम एपग्यालरीको विस्तारका लागि महत्वपूर्ण हुने उल्लेख गरेको छ। ग्यालरीमा अघिल्लो वर्षभन्दा ५०० प्रतिशत धेरै गेमहरु तथा गेमका लागि छुट्टै ट्याब उपलब्ध छ जसमार्फत् चाहेको गेम छिटो र सहजरुपमा भेट्न सकिन्छ।

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार