करिब ३.६ अर्ब डलरको बिटक्वाइन सहित लगानी गर्ने कम्पनीका मालिक गायब

  • Technology Khabar | १४ असार २०७८, सोमबार
करिब ३.६ अर्ब डलरको बिटक्वाइन सहित लगानी गर्ने कम्पनीका मालिक गायब

काठमाडौं ।

दक्षिण अफ्रीकामा एक क्रिप्टोकरेन्सी लगानी फर्म अफ्रीक्रिप्ट (Africrypt) कम्पनीबाट ३.६ अर्ब डलरको बिटक्वाइन हराएको छ र यो विश्वव्यापी जाँचको घेरामा परेको छ। यसभन्दा पनि अचम्मको कुरा सो फर्म चलाइरहेका दुई भाइहरू (सीईओ रायस काजी र सीओओ अमीर काजी) दुबै गायब भएका छन्।

यो सबै घट्ना दुई महिना अघि शुरू भएको थियो, जतिबेला भाइहरूले परिचालन बन्द गर्न उनीहरूलाई बाध्य पार्दै फर्मलाई ह्याक गरिएको थियो दाबी गरेका थिए ।

भाइहरूले क्रिप्टोकरेन्सी लगानीकर्तालाई प्रहरीमा रिपोर्ट गर्नबाट पनि वञ्चित गरेका थिए र यदि कसैले त्यसो गरेमा कम्पनीको वालेटमा रहेको ३।६ अर्बको डिजिटल मुद्रा जोखिममा पर्न सक्ने बताएका थिए।

हाल कम्पनीको वेबसाइट पनि संचालनमा छैन।

ब्लूमबर्गको एउटा रिपोर्टका अनुसार दुबै भाइहरूको कल भ्वाइसमेलमा पठाइएको छ। करीव २० व्यक्तिको एउटा समूहले एउटा कानुनी फर्म भाडामा लिएका छन् र दक्षिण अफ्रिकाका अदालतहरूले उक्त कम्पनीको अस्थायी लिक्विडेसनको आदेश दिएका छन्। कम्पनी दुई वर्ष अगाडि सुरु भएको थियो र शुरुमा यसले लगानीकर्ताहरुलाई ठूलो रिटर्न दियो।

त्यसैगरि द रजिष्टरले रिपोर्ट गरे अनुसार २१ वर्षीया रायस र १७ बर्षे आमिरको बारेमा कुनै जानकारी थाहा छैन तर उनीहरूसँग जुलाई सम्म आदेशको बिरूद्ध अपील गर्ने समय छ।

दुवै भाइहरूको तर्फबाट अप्रिल १३ मा लगानीकर्ताहरूलाई अन्तिम पटक सम्पर्क गरेका थिए। तिनीहरूले सो ह्याकमा ग्राहकको सूचनामा सम्झौता गरिएको छ वा छैन भन्ने कुनै जानकारी नभएको बताएका थिए । यद्यपि उनीहरूले चोरिएको रकम वा सम्झौता सम्बन्धी जानकारी पुनः प्राप्त गर्न सक्षम भए सबै लगानीकर्तालाई सूचित गर्ने आश्वासन दिए। एजेन्सीहरु

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...