वर्ल्डलिंकको महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम सम्पन्न

  • Technology Khabar | १९ आश्विन २०८३, सोमबार
वर्ल्डलिंकको महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम सम्पन्न

काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेसन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम सम्पन्न गरेको छ।

ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न तालिममा कृषि एकल महिला फार्मसँग आबद्ध ३५ जना महिलाको सहभागिता रहेको थियो।

तालिममा सहभागीलाई तरल मल, फिनेल तथा हार्पिक तयारीसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमको उद्देश्य महिलालाई सीप विकाससँगै आयआर्जन र साना उद्यमतर्फ प्रोत्साहित गर्नु रहेको वर्ल्डलिंकले जनाएको छ।

तालिम समापन कार्यक्रममा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

वर्ल्डलिंकका संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुप भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोडिनुपर्ने बताए।

महिलालाई सीप प्रदान गर्नु मात्र पर्याप्त नभई त्यसबाट आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले सिकेको सीपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्रै तालिमको वास्तविक प्रभाव देखिने बताए।

प्रकाशित: १९ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार