मोबाइल तथा कम्प्यूटर बिक्री गर्ने पसल अब सातै दिन खोल्न पाईने

  • Technology Khabar | १४ असार २०७८, सोमबार
मोबाइल तथा कम्प्यूटर बिक्री गर्ने पसल अब सातै दिन खोल्न पाईने
फाइल फोटो

काठमाडौं ।

अब मोबाइल तथा ल्यापटप लगायतका उपकरणहरु बिक्री गर्ने पसलहरु दैनिकरुपमा खोल्न पाउने भएका छन् ।

आज बसेको बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । तर यससँगै जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ।

प्रशासनले जारी गरेको निषेधाज्ञाको आदेशअनुसार अब इलेक्ट्रोनिक्स सामाग्री बिक्री गर्ने पसलहरु बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म दैनिकरुपमा सञ्चालन गर्न पाईने भएका छन् ।

डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भाडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल (मोवाइल तथा कम्प्यूटर पसल) र निर्माणजन्य सामग्रीको पसल, हार्डवेयर पसल, विजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर लगायतका पसल बिहान बिहान ११ बजे देखि साँझ ६ बजे सम्म संचालन गर्न पाइने उल्लेख छ ।

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार