एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक पक्राउ

  • Technology Khabar | १४ असार २०७८, सोमबार
एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

बुढीगंगा गाउँपालिका-३ टंकीचोकस्थित एनआइसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेम दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मोहम्मद इम्तियाज छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त बैंकको एटिएम तोडफोड भइरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई एक थान ताला फोड्न प्रयोग भएको हथौडा, १ थान पेचकस, १ थान छिनो र को ३९ प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मोहम्मद अनिस हुसेन फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया