ह्वाट्सएपमा अब म्यासेजलाई स्टार गर्न सकिने, चाहेको बेलामा पढ्ने सुविधा

  • Technology Khabar | १० मंसिर २०७२, बिहीबार
ह्वाट्सएपमा अब म्यासेजलाई स्टार गर्न सकिने, चाहेको बेलामा पढ्ने सुविधा

काठमाडौं ।

काठमाडौं, १० मंसिर । चर्चित म्यासेन्जर एप ह्वाट्सएपले(WhatsApp) आफ्नो नयाँ भर्सनका साथमा विभिन्न नयाँ फीचरहरु पनि ल्याएको छ । एपमा स्टार म्यासेज (Star message), लिंकका साथै थम्बनेल (Link and Thumbnail) जस्ता फीचर थप गरेको हो ।

ह्वाट्सएपको २.१२.३६७ भर्सनमा ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फीचरहरु ल्याएको हो । यसमध्येको एक नयाँ फीचरले यूजर्सले म्यासेजलाई स्टार गर्ने सुविधा दिनेछ, अर्थात अब चाहेको कुनैपनि म्यासेजलाई सेभ गरेर पछि पढ्नका लागि राख्ने हो भने अब त्यो म्यासेजलाई स्टार अप्शनमा सेभ गर्न सकिनेछ ।

यूजर्सले कुनैपनि म्यासेजलाई लामो ट्याप (Long Tap) गरेर स्टार अप्शनमा सेभ गर्न सक्नेछ । यो म्यासेज पछि आफ्नो टूल बारमा स्टार फोल्डरमा हेर्न सकिनेछ । एन्ड्रोयड यूजर्सले यो अप्शन मेनू तथा आईफोन यूजर्स स्टार्ड म्यासेजेजको फोल्डरमा आफ्नो सेभ गरेको म्यासेजेजमा देख्न सकिने छ ।

यो सिस्टम इमेलमा बुकमार्क गरेको जस्तै हो । यो नयाँ फीचरबाट अब केहि विशेष म्यासेज खोज्नका लागि सहज हुनेछ ।

प्रकाशित: १० मंसिर २०७२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १० मंसिर २०७२, बिहीबार