यस्ता छन् पाइरेटेड र क्र्याक गरिएका सफ्टवेयर प्रयोग गर्दा हुने जोखिम र बच्ने उपायहरु

  • Technology Khabar | ११ असार २०७८, शुक्रबार
यस्ता छन् पाइरेटेड र क्र्याक गरिएका सफ्टवेयर प्रयोग गर्दा हुने जोखिम र बच्ने उपायहरु

काठमाडौं ।

माइक्रोसफ्टले बिहिबार नै विण्डोज ११ सार्वजनिक गरेको छ । विश्वभर सबैभन्दा धेरै प्रयोगमा हुने अपरेटिङ्ग सिस्टम सफ्टवेयर हो। नेपालमा भने अधिकांशले विण्डोजकै पाइरेटेड र क्र्याक ओएस प्रयोग गर्ने गर्दछौं।

यति मात्र होईन् हामीमध्ये अधिकांशले विभिन्न सफ्टवेयरहरु तथा एप्सहरु पाइरेटेड र क्र्याक भर्सनमा चलाउने गरेका छौं।

कतिपय सफ्टवेयरहरु अधिकांश महंगो हुने हुँदा पनि अधिकांशले नक्कली भनिने क्र्याक र पाइरेटेड सफ्टवेयर चलाउने गरेका छौं। यसले प्रयोगकर्तालाई नै जोखिममा पारिरहेको छ।

यस्ता नक्कली र जोखिमयुक्त सफ्टवेयरहरुमार्फत ह्याकरहरुले पहुँच पाउने गरेका छन्। त्यति मात्र होईन यसले मालवेयर आउने र डाटाहरु समेत चोर्ने गर्दछ।

यस्ता नक्कली र पाईरेटेड सफ्टवेयरहरुले निम्त्याउने जोखिम र त्यसबाट बच्ने उपायहरुको बारेमा नेपाल दूरसञ्चार प्राधिकरणले सचेत गराएको छ। जसमा नक्कली र पाईरेटेड सफ्टवेयरहरु प्रयोग नै नगर्नका लागि सुझाब दिईएको छ।

यस्तो छ दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको सुझाबहरु-

Public-Advisory-Licensed-Open-Source-Software-Use-Replated

प्रकाशित: ११ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...