महालक्ष्मी विकास बैंकले शुरु गर्यो मिस्ड कल सेवा

  • Technology Khabar | ९ असार २०७८, बुधबार
महालक्ष्मी विकास बैंकले शुरु गर्यो मिस्ड कल सेवा

काठमाडौं ।

कोभिड-१९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवाको शुरुवात गरेको छ।

आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले बैंकले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको हो।

बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ्ग सेवा, बैंकको शाखाहरूको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा मोवाइल नम्बर ९८४७३८७५२४ मा मिस्ड कल गर्न सक्नेछन्।

तत्कालै बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउने छन् ।

यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग विधि तथा त्यसको उपयोगिताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्ने बैंकले जनाएको छ।

प्रकाशित: ९ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार