जनरल मोटर्सले सन् २०२५ सम्ममा विद्युतीय सवारीमा ३५ अर्ब डलर खर्च गर्ने

  • Technology Khabar | ६ असार २०७८, आईतवार
जनरल मोटर्सले सन् २०२५ सम्ममा विद्युतीय सवारीमा ३५ अर्ब डलर खर्च गर्ने

काठमाडौं ।

अमेरिमी अटोमोबाइल कम्पनी जनरल मोटर्सले सन् २०१५ सम्ममा आफ्नो विश्वभरका कम्पनीमा विद्युतीय सवारीका क्षेत्रमा ३५ अर्ब डलर लगानी गरिसक्ने बताएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीले सन् २०२५ सम्ममा हाल अस्तित्वमा रहेका बाहेक थप ३० ओटा नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गर्ने योजना पनि बनाएको छ।

प्रतिद्वन्द्वी कम्पनी फोर्डले पनि एक हप्ताअघि सन् २०३० सम्ममा विद्युतीय सवारीका क्षेत्रमा ३० अर्ब डलर खर्च गर्ने घोषणा गरेको थियो। यसअघि जनरल मोटर्सले अमेरिकामा दुई ओटा नयाँ ब्याट्री कम्पनी स्थापना गर्ने बताएको थियो।

कम्पीले एलजी इनर्जी सोलुशनसँग मिलेर अल्टियम सेल्समार्फत् दुई ओटा ब्याट्री फ्याक्ट्री निर्माण गरिरहेको छ। यीमध्ये ३५ गिगावाट आवर क्षमताको फ्याक्ट्री ओहायोको लर्डस्टाउनमा तथा अर्को टेनेसीको स्प्रिङ हिलमा बन्दैछन्।

गत मे मा अमेरिकाको सिनेटले ७५०० देखि १२५०० डलरसम्म मूल्यका विद्युतीय सवारीमा कर छुटको मात्रा अझै बढाएको थियो। यो कानुनले अत्याधुनिक विद्युतीय सवारी निर्माण गर्ने फ्याक्ट्रीलाई ३० प्रतिशतसम्म कर छुट दिने व्यवस्था गरेको छ।

प्रकाशित: ६ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • ६ असार २०७८, आईतवार