
काठमाडौं ।
इन्स्टाग्रामले परीक्षणको लागि बिहिबारदेखि आफ्नो शर्ट फर्म भिडियो प्लेटफर्म तथा टिकटकको नक्कल ‘रिल्स’मा विज्ञापनहरू देखाउन शुरु गरेको छ ।
गत वर्षको अगस्टमा सुरू गरिएको रिल्स सुविधाले प्रयोगकर्ताहरूलाई छोटो भिडियो क्लिपहरू सिर्जना गर्न र सार्वजनिक रूपमा वा इन्स्टाग्राम एपमा साथीहरूसँग साझा गर्न अनुमति दिन्छ।
इन्स्टाग्रामका प्रमुख अपरेटिङ्ग अफिसर जस्टिन ओसोफ्स्कीले भने, ‘कम्पनीले प्रयोगकर्ताहरुबाट पहिले अर्गानिक अनुभव लिन चाहन्छ, त्यसपछि विज्ञापनले कसरी काम गर्छ भन्नेमा लाग्नेछ ।’ कम्पनी रील्सको उपयोग तथ्यांक सेयर गरेको छैन् ।
विज्ञापनहरू फूल स्क्रिन र ठाडो प्रकारले देखिनेछन्, र यी व्यक्तिगत पोष्टहरूको बीचमा देखा पर्दछ। तिनीहरू अधिकतम ३० सेकेन्ड सम्म लामो हुनेछन् र लूपमा चल्नेछन्।
विज्ञापनहरू विज्ञापनदाताको एकाउन्टको नामको मुनि सानो अक्षरमा ‘प्रायोजित’ ट्यागद्वारा पहिचान हुनेछ।
इन्स्टाग्रामले यसअघि नै अस्ट्रेलिया, ब्राजिल, भारत र जर्मनीमा गत अप्रिलदेखि विज्ञापन देखाउने परीक्षण शुरु गरेको थियो ।
रिल्स अगस्त २०२० मा मात्र सुरू गरिएको थियो र कम्पनीले अझै नयाँ फर्म्याटले कसरी प्रदर्शन गरिरहेको छ भन्ने बारे जानकारी सेयर गर्न बाँकी छ।
प्रकाशित: ४ असार २०७८, शुक्रबार