क्वालकमद्वारा नयाँ वेयरओएस रन गर्न सक्ने स्न्यापड्रागन वेयर ३१००/४१०० ल्याउने पुष्टि

  • Technology Khabar | ३ असार २०७८, बिहीबार
क्वालकमद्वारा नयाँ वेयरओएस रन गर्न सक्ने स्न्यापड्रागन वेयर ३१००/४१०० ल्याउने पुष्टि

काठमाडौं ।

गुगलको आई/ओ इभेन्टका क्रममा वेयर ‌ओएसमा एउटा चिर प्रतिक्षित र महत्वपूर्ण अपडेट आउँदै गरेको बताइएको थियो।

तर वेयरओएस युक्त हालका स्मार्ट डिभाइसहरु गुगल र सामसङको सहकार्यमा निर्मित नयाँ वेयरओएस भर्सनमा अपग्रेड हुन सक्ने हुन् कि होइनन् भन्ने चाहिँ मुख्य प्रश्न थियो।

हालै एक्सडीए डेभलपरमार्फत् आएको एक रिपोर्टमा हालको वेयरओएस भर्सन ३.० मा अपग्रेड गर्न सकिने भएको छ। क्वालकमका प्रवक्ताले दुवै स्न्यापड्रागन वेयर ३१०० र ४०००/४१०० वेयरओएस ३.० सपोर्ट गर्ने बताएका हुन्।

यो खबरसँगै वेयरओएसयुक्त केही वाच अपग्रेड हुने अपेक्षा गरिए पनि सबैभन्दा पहिले कुन ब्रान्डको स्मार्ट डिभाइसमा यो अपडेट उपलब्ध हुनेछ भन्ने यकिन छैन।

प्रकाशित: ३ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार