ह्वावे मेट ५० सिरिज यो वर्ष नआउने सम्भावना

  • Technology Khabar | ३ असार २०७८, बिहीबार
ह्वावे मेट ५० सिरिज यो वर्ष नआउने सम्भावना

काठमाडौं ।

योजना र चर्चाहरु अनुसार सामान्यतया यति बेलासम्म ह्वावेको मेट ५० सिरिज घोषणा भइसक्नुपर्ने थियो। तर अमेरिकाको प्रतिबन्ध कारण कम्पनीले यो डिभाइस सार्वजनिक गर्नमा समस्या आउने बुझिएको छ।

ह्वावेले सामान्य हिसाबले प्रत्येक वर्ष नयाँ मेट फ्ल्यागशिप फोन र त्यसको केही समयपछि पी सिरिजलाई सार्वजिनक गर्दै आएको थियो। तर चीनमा प्रकाशित एक रिपोर्ट अनुसार यो वर्ष अर्थात् २०२१मा यस्तो नहुने भएको छ।

ह्वावेले मेट ५० सिरिज रोकेर सबै स्रोत साधन पी सिरिजमा लगाउने बुझिएको छ। सन् २०१३ मा पहिलोपटक मेट सार्वजनिक भययता यसरी घोषणा रद्द गर्नुपरेको थिएन।

तथापि, केही वर्षयता आफूलाई अब्बल सावित गर्दै आएको मेट सिरिज सार्वजनिक हुने बेलामा रद्द हुनु राम्रो संकेत भने होइन।

अमेरिकी प्रतिबन्धका कारण यस्तो अवस्था आउनुले ह्वावेलाई मात्र नभएर सम्पूर्ण मोबाइल जगत र उपभोक्तालाई नै प्रभावित पारेको बुझिएको छ।

प्रकाशित: ३ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...