माइक्रोसफ्टको अध्यक्षमा अब प्रमुख कार्यकारी अधिकृत सत्य नाडेला नियुक्त

  • Technology Khabar | ३ असार २०७८, बिहीबार
माइक्रोसफ्टको अध्यक्षमा अब प्रमुख कार्यकारी अधिकृत सत्य नाडेला नियुक्त

काठमाडौं ।

माइक्रोसफ्ट कार्पोरेशनले बुधबार प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलालाई जोन थम्पसनको ठाउँमा नयाँ अध्यक्षको रूपमा नियुक्त गरेको छ ।

२०१४ मा स्टीव बाल्मरबाट सीईओको पदभार ग्रहण गरेका नाडेलाले लिंक्डइन, नुआन्स कम्युनिकेशन्स र जेनिम्याक्स जस्ता अर्बौं डलर अधिग्रहण सहितको कारोबारलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

कम्पनीले भनेअनुसार थम्पसनले २०१४ मा सफ्टवेयर कम्पनीका सह संस्थापक बिल गेट्सबाट अध्यक्षको पदभार लिएका थिए, जसले अब प्रमुख स्वतन्त्र निर्देशकको रूपमा काम गर्नेछन् ।

शीर्षस्तरीय कार्यकारी परिवर्तन गेट्सले बोर्डबाट पद छोडेको एक बर्ष पछि आएको छ र उनले विश्वको सबैभन्दा ठूलो परोपकारी संस्था मध्ये एक बिल एण्ड मेलिंडा गेट्स फाउन्डेशनको परोपकारी कार्यमा ध्यान केन्द्रित गर्ने बताएका थिए।

प्रकाशित: ३ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार