
काठमाडौं ।
जापान र फिनल्यान्डका टेलिकम समूहहरूले सिक्स जी नेटवर्किङ्गको विकासको लागि सहकार्य गर्ने भएका छन्। यसमा मापदण्ड तय गर्न सहयोग पुर्याउन र चीनसँगको दौडमा दूरसञ्चार प्रविधिको छैठौं पुस्ताको अनुसन्धान र विकासमा अगाडी बढ्न संयुक्त प्रयास हुनेछ।
निकेईएशियाको रिपोर्ट अनुसार उद्योगका एक प्रमुख खेलाडी फिनल्यान्डको टेलिकम उपकरण निर्माता नोकिया यस प्रयासमा सामेल हुनेछ। यसबाहेक, जापानको ६जी प्रमोशन कन्सोर्टियमले पछि फिनिश समूह सिक्सजी फ्ल्यागशिपसँग पनि चाँडै सम्झौतामा हस्ताक्षर गर्नेछ।
विशेष रूपमा, यो सहकार्य आजै १५ तारिख जुन २०२१ मा ग्लोबल डिजिटल शिखर सम्मेलन २०२१ को अवसरमा घोषणा गरिएको थियो, जुन निकेई तथा जापानको आन्तरिक मामिला र सञ्चार मन्त्रालयले आयोजना गरेको हो।
संयुक्त प्रयास आउँदो पुस्ताको संचार प्रविधिको विकासको लागि जापान र अमेरिकाबाट ४।५ अर्ब अमेरिकी डलरको प्रतिबद्धता पछि आएको हो । यो साझेदारीको बारेमा गएको अप्रिल २०२१ मा घोषणा गरिएको थियो।
सुरक्षित कनेक्सनलाई प्रवर्द्धन गर्न ‘तेस्रो देशहरू’ पनि समावेश गर्ने संयुक्त प्रयासले चीनको बिरूद्ध प्रतिस्पर्धामा वैश्विक मापदण्ड तय गर्न मद्दत पुर्याउँछ।
यो ५जी प्रमोशन कन्सोर्टियमले सन् २०३० को बीचमा ६जी टेक्नोलोजीको व्यावासायिकरण गर्ने लक्ष्य राखेको छ । यसमा निप्पन टेलिग्राफ एण्ड टेलिफोन, एनटीटी डोकोमो, केडीडीआई, सफ्टब्यांक कर्प, र राकुटेन मोबाइल जस्ता उल्लेखनीय जापानी टेलिकम प्लेयरहरू सामेल हुनेछन्।
यसका साथै जापानी कन्सोर्टियमका सदस्यहरू संयुक्त अनुसन्धान प्रोजेक्टहरू र व्यक्तिगत कार्यहरुको आदानप्रदानमा पनि संलग्न हुनेछन्। यस समूहले भविष्यमा अमेरिकी दूरसञ्चार आपूर्तिकर्ताहरु सिस्को र चिपमेकर इंटेलसँगको सहकार्यको लागि पनि वार्ता गरिरहेको छ। एजेन्सी
प्रकाशित: १ असार २०७८, मंगलवार