काठमाडौं ।
गएको अप्रिलमा सी२० स्मार्टफोन सार्वजनिक गरेको एचएमडी ग्लोबलले हालै यसको प्लस भेरियन्टको घोषणा गरेको छ।
भ्यानिला सी२० मा जस्तै नोकिया सी२० प्लसमा पनि एन्ड्रोइड ११ को गो एडिशन रहनेछ भने यसमा यूनिसोक एससी९८६३ए चिपसेट रहनेछ। यसैगरी यसमा ३ जीबी र्याम तथा ३२ जीबी आन्तरिक स्टोरेज रहनेछ।
यसमा माइक्रो एसडी स्लटमार्फत् २५६ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ। यो डिभाइसमा ६.५ इन्चको एचडी+ एलसीडी डिस्प्ले रहनेछ भने वाटरड्रप नचसहितको ५ मेगापिक्सेलको सेल्फी क्यामरा पनि दिइएको छ।
यसको पछाडिपट्टि ८ मेगापिक्सेलको मुख्य र २ मेगापिक्सेलको डेप्थ सेन्सरसहित डुअल क्यामरा सेटअप दिइएको छ।
यसमा फिंगरप्रिन्ट स्क्यानर छैन भने यसले बायोमेट्रिक अनलकका लागि फेस अनलक सपोर्ट गर्छ। कालो र नीलो दुई रंगमा आउने यो डिभाइसको मूल्य ११० डलर तोकिएको छ भने आगामी जुन १६ देखि चीनमा बिक्री शुरु हुनेछ।
प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार