ह्वावेको हार्मोनीओएस १ करोड भन्दा बढी यूजरको डिभाइसमा

  • Technology Khabar | २७ जेष्ठ २०७८, बिहीबार
ह्वावेको हार्मोनीओएस १ करोड भन्दा बढी यूजरको डिभाइसमा

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले केही समयअघि सार्वजनिक गरेको हार्मोनीओएस १ करोडभन्दा बढी एक्टिभ डिभाइसहरुमा इन्स्टल भएको छ।

कम्पनीले १ करोड एक्टिभ यूजरको खुशियाली मनाउन अनोठो प्रकारको केक डिजाइन गरेको छ। उक्त केकमा खान मिल्ने टीडब्लूएस हेडफोन, ह्वावे वाच, फोन तथा टीभी सबैको डिजाइन बनाएर राखिएको छ।

ह्वावेको हार्मोनीओएस एउटा अपरेटिङ सिस्टम मात्र नचएर सबै प्रकारका ह्वावे डिभाइसहरुका अपरेटिङ सिस्टमको साझा प्लेटफर्म तथा इन्टरनेट अफ थिङ्स पनि हो।

हार्मोनीओएस २.० को अपडेट हाल चीनभित्र मेट ४० सिरिज, मेट ३० सिरिज तथा मेटप्याड प्रोमा उपलब्ध छ भने पी३० सिरिज, अनर ३० र भी३० सिरिजमा यसै महिना क्लोज्ड बिटा तथा जुलाइभित्रमा पब्लिक बिटा उपलब्ध हुने बुझिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...