सामसङले गुगल, भिभो तथा शाओमीका लागि फोल्डेबल ओएलईडी उत्पादन शुरु गर्ने

  • Technology Khabar | २५ जेष्ठ २०७८, मंगलवार
सामसङले गुगल, भिभो तथा शाओमीका लागि फोल्डेबल ओएलईडी उत्पादन शुरु गर्ने

काठमाडौं ।

गत हप्ता ईटीन्यूजले सामसङ डिस्प्लेले गुगल तथा अन्य कम्पनीलाई अल्ट्रा थिन ग्लास यूटीजी आपूर्ति गर्ने खबर सार्वजनिक गरेको थियो।

उसले यी कम्पनीहरुका आउँदै गरेका फोल्डेबल स्मार्टफोनमा प्रयोग गर्नका लागि उत्पादन गरेर सप्लाइ गर्ने बुझिएको थियो।

हालैका रिपोर्ट अनुसार कम्पनीले फोल्डेबल ओएलईडी गुगलका लागि मात्र नभएर चिनियाँ स्मार्टफोन कम्पनीहरु भिभो र शाओमीका लागि पनि उपलब्ध गराउने भएको छ।

यी तीन ओटै कम्पनीले यसै वर्षको चोथो त्रैमासमा आ आफ्ना फोल्डेबल फोनको घोषणा गर्नसक्ने भएकाले सामसङ डिस्प्लेले आगामी अक्टोबरबाट यसको बृहत् उत्पादन शुरु गर्ने भएको हो।

आउँदै गरेको फोल्डेबल गुगल पिक्सेल ७.६ इन्चको हुने द इलेकले जनाएको छ। भिभोले ८ इन्चको फोल्डेबल प्यानल प्रयोग गर्नेछ भने यी प्यानलहरु सामसङको एसियाली प्लान्टमा बन्नेछन्।

यसैगरी यो मोडेलमा ६.५ इन्चको बाहिरी डिस्प्ले पनि रहनेछ। यो डिस्प्ले भने बीओईको बी७ फ्याक्ट्रीमा उत्पादन हुने खबरमा उल्लेख छ।

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार