अटो टेक

टेस्ला प्लेइड प्लस रद्द भएको मस्कको भनाइ, ट्वीटमार्फत् दिए जानकारी

टेस्ला प्लेइड प्लस रद्द भएको मस्कको भनाइ, ट्वीटमार्फत् दिए जानकारी
Global IME Bank

टेस्लाका सीईओ एलन मस्कले आइतबार ट्वीट गर्दै टेस्लाको प्लेइड मोडल नै राम्रो रहेकाले कम्पनीले ल्याउने भनेको प्लेइड प्लस रद्द भएको जानकारी दिएका छन्।

कम्पनीले सन् २०१९ देखि मोडल एस प्लेइडको झलक र सम्भावना देखाउँदै आइरहेको छ। गत महिना डेलिभरी दिइने भनेको यो मोडल मस्कले केही प्राविधिक काम बाँकी रहेकाले जुन १० बाट मात्र डेलिभरी शुरु हुने बताएका थिए। उनका अनुसार यसले २०० माइल प्रतिघण्टासम्म कुद्ने र एक पटकको चार्जमा ३९० देखि ४१२ माइल यात्रा गर्नसक्ने दावी गरेका थिए।

यसबाहेक उनले आइतबार नै प्लेइडले २ सेकेन्डभित्रै शून्यदेखि ६० माइल प्रति घण्टाको रफ्तार समाउन सक्ने बताएका थिए।

प्लेइड प्लसले ५२० माइलसम्म एक पटकको चार्जमा यात्रा गर्न सक्ने दावी गरिएकोमा आइतबार तत्कालका लागि यो मोडल रद्द गरिएको र सन् २०२२ को मध्यतिर सार्वजनिक हुने जानकारी दिएको हो।

Sajilo Visa
easy care