आईफोन एसेम्बल गर्ने कम्पनी फक्सकनले थाईल्यान्डको कम्पनीसँग मिलेर ईभीमा लगानी गर्ने

  • Technology Khabar | २१ जेष्ठ २०७८, शुक्रबार
आईफोन एसेम्बल गर्ने कम्पनी फक्सकनले थाईल्यान्डको कम्पनीसँग मिलेर ईभीमा लगानी गर्ने

काठमाडौं ।

एप्पलको लागि आईफोनसहितका उपकरणहरु बनाउँदै आएको फक्सकन टेक्नोलोजी ग्रुप (होन हाई) ले थाईल्यान्ड सरकारको बहुमत स्वामित्वमा रहेको तेल र ग्यास कम्पनी पीटीटीसँग २०२१ को दोस्रो अर्धवार्षिकमा संयुक्त लगानी घोषणा गर्ने भएको छ।

यो संयुक्त लगानी सहकार्यले दक्षिण पूर्व एशियाई देशमा इलेक्ट्रिक भेहिकल (ईभी) सहकार्यमा उत्पादन गर्नका लागि हस्ताक्षर गरेको उनीहरूको समझदारी पत्रको दोस्रो भाग रहेको छ।

फक्सकनका अध्यक्ष योङ्ग वे लियू र पीटीटीका अध्यक्ष तथा सीईओ अट्टापोल रेर्पीपुनले यस सहमति पत्रमा हस्ताक्षर गरेका थिए । र यो संयुक्त लगानी थाईल्याण्ड सरकारको लक्ष्य हो जुन २०३० सम्ममा आन्तरिक उत्पादनको ३० प्रतिशत ईभी उत्पादन गर्ने लक्ष्य भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टनरसिपले ईभी उत्पादनमा सम्मिलित हुन खोज्ने थाई अटो निर्माणकर्तालाई क्रिटिकल कम्पोनेन्ट्स र पूर्ण आपूर्ति श्रृंखला सेवा प्रदान गर्न इण्ड टू इण्ड प्लेटफर्म स्थापना गर्ने लक्ष्य राखेको छ । यसले उनीहरूलाई प्रतिस्पर्धी लागतमा नयाँ मोडलहरू प्रक्षेपण गर्न र थाईल्याण्डमा ईभी उद्योगमा नयाँ युगको शुरुवात गर्न सहयोग पुर्‍याउने छ।’

संयुक्त भेन्चरका प्रारम्भिक ग्राहकहरू पीटीटी र यससँग सम्बद्ध उद्यम हुनेछन् किनकि उनीहरू थाईल्याण्डको अटो बजारमा ईभीको बिक्री र लीजलाई देशमै व्यापक वितरण नेटवर्कमार्फत सजिलै बढावा दिन सक्नेछन्।

पछिल्लो दिनमा फक्सकनले ईभी क्षेत्रमा आफ्नो परियोजनालाई गहिरो बनाउँदै आएको छ र चीनको ईभी निर्माता बाइटन, अमेरिकामा आधारित फिस्कर र युरोपको स्टेलान्टिससँग विगत वर्षमा सहयोग सम्झौता गरिरहेको छ। एजेन्सी

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २१ जेष्ठ २०७८, शुक्रबार